वीपी प्रतिष्ठानमा थप तीन जना कोरोना सङ्क्रमितको मृत्यु

सुनसरी । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा थप तीन जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार सुनसरीको दुहवीका ६४ वर्षीय एक पुरुष र धनकुटाकी ६१ वर्षीया एक महिलाको आज बिहान तथा धरान–८ की एक महिलाको शनिबार राति उपचारका क्रममा मृत्यु भएको हो ।
दुहवीका पुरुषलाई यही असोज १४ गते कोभिड अस्पताल भर्ना गरिएको उनलाई मिर्गौलाको समस्या भएको प्रतिष्ठानले जनाएको छ ।
उनको आज बिहान ३ः५० मा मृत्यु भएको थियो तीन घण्टाको फरकमा लगत्तै धनकुटा अस्पतालबाट रेफर भएर असोज १६ गते भर्ना भएकी ६१ वर्षीया महिलाको बिहान ६ः४० बजे मृत्यु भएको थियो ।
उनलाई पनि मधुमेहको समस्या रहेको प्रतिष्ठानले जनाएको छ । तीनै जनाको शव व्यवस्थापन नेपाली सेनाले गरिरहेको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्