तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना संक्रमणवाट भरतपुरका वडा अध्यक्षको मृत्यु

चितवन । चितवनमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट वडा अध्यक्षको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका–२० का वडाध्यक्ष मणिलाल तामाङको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ । उनको कोभिड आइसीयूमा राखेर उपचार गरिएको थियो ।
चितवनमा पहिलोपटक कोरोनाबाट जनप्रतिनिधिको मृत्यु भएको हो । अध्यक्ष तामाङ २०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button