तपाईँ सुन्दै हुनुहुन्छः

अरनिको राजमार्गको बन्देउदेखि बाह्रबिसेसम्म अस्फाल्ट प्रबिधिबाट स्तरोन्नती हुँदै 

तस्बिर : नेपाल टेलिभिजन
सिन्धुपाल्चोक । अरनिको राजमार्ग अन्तर्गत बन्देउदेखि खाडिचौरसम्मको १९ किलोमिटर सडकमा तिहारअघि नै कालोपत्रे सम्पन्न गरिने भएको  छ ।
राजमार्गको स्तर सुधारको कामले तीव्रता पाएसँगै  तिहारअघि नै कालोपत्रे सम्पन्न हुने भएको हो ।
सरकारको १० करोड रुपैयाँको लागतमा यहाँ अस्फाल्ट सामाग्रीको प्रयोगबाट कालोपत्रे भइरहेको छ ।
अस्फाल्ट प्रविधिका सडकहरूमा उच्च भारबहन क्षमता, लामो अवधि टिकाउ हुने र सडक किनारबाट पानी नछिर्ने प्रविधियुक्त हुने  सडक विभागका प्राविधिक सन्तोष बस्नेतले जानकारी दिनुभयो ।
पहिले यस्तो प्रविधि प्रयोग नगरिँदा  राजमार्गमा खाल्डाखुल्डी हुने र अनियन्त्रित पानीका कारण सडक बिग्रिँदा ठुला दुर्घटनाहरू समेत हुँदै आएको बताइन्छ ।
अहिले राजमार्गको खाडिचौरदेखि बाह्रबिसेसम्मको दुरीमा बेस सिलिङको काम भइरहेको छ ।
राजमार्गको कोठेको एकतर्फी मार्ग, जुरेको पहिरो र बाह्रबिसेदेखि माथिका दर्जनौँ स्थानमा भने भूगर्भबिद्हरुलाइ अध्ययन गराइ उच्च प्रविधिको प्रयोगबाट स्थायी समाधान खोजिनुपर्ने प्राविधिकहरूको सुझाव छ ।
कोठे र जुरेमामात्रै वार्षिक करोडौँ रुपैयाँ सडक मर्मतमा खर्च हुने गरे पनि वर्षाअघि बनाइएका संरचना वर्षापछि कुनै निसान नै नरहने समस्या रहँदै आएको छ  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button