सरकार र अनसनरत डाक्टर गोविन्द केसीबीच ८ बुँदे सहमति

काठमाडौँ – २७ दिनदेखि आमरण अनसनरत डा. गोविन्द केसी र सरकारबीच ८बुँदे सहमति भएको छ । सरकारी वार्ता टोलीका संयोजक गोपीनाथ मैनाली र अनसनरत डाक्टर केसीले शनिबार मध्यरातमा सहमति पत्रमा हस्ताक्षर गरेका गर्नुभएको हो ।
डा. केसीले आज बिहान ९ बजेर ३० मिनेटमा अनसन तोड्नुहुनेछ। सरकार र डा.केसीबीच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी वर्षबाट एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ । अन्यत्र २०८० फागुन १० भित्र पढाई सुरु गर्ने सहमतिमा उल्लेख छ ।
यस्तै विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्ति निश्पक्ष र पारदर्शी बनाउन उच्च शिक्षासम्बन्धी विधेयक र एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठानसन्बन्धी विधेयकमा समेट्न तीन साताभित्र मस्यौदा बनाउने र कानूनी व्यवस्था नहुँदासम् वरिष्ठता र कार्यक्षमताका आधारमा गर्ने सहमति भएको छ ।
यस्तै चिकित्सा शिक्षा ऐन संशोधनका लागि चिकित्सा शिक्षा आयोगले गठन गरेको कार्यदलको क्षेत्राधिकारमा डा. केसीबीच २०७५ साउन १०लाई पनि राख्ने सहमतिमा उल्लेख छ ।
वार्तामा सरकारी टोलीका तर्फबाट शिक्षा तथा प्रविधि मन्त्रालयका सविच गोपीनाथ मैनाली, डा गुणराज लोहनी र डा दिलिप शर्मा सहभागी हुनुहुन्थ्यो भने डा केसीका तर्फबाट वार्ता टोलीका संयोजक डा जीवन क्षेत्री, डा अञ्जनी झा, डा लोचन कार्की एवम् अधिबक्ता ओमप्रकाश अर्यालको सहभागीता रहेको थियो ।










प्रतिक्रिया राख्नुहोस्