तपाईँ सुन्दै हुनुहुन्छः

रगतको अभाव हुन नदिन १ सय २७ जनाद्वारा रक्तदान

वीरगञ्ज । कोरोना माहामारीमा रगतको अभाव हुन नदिन वीरगञ्जमा आज दुई छुट्टाछुट्टै स्थानमा भएको रक्तदान कार्यक्रममा १० महिला सहित १ सय २७ जनाले रक्तदान गरेका छन् ।

वीरगञ्जको पानीट्यांकीस्थित प्रभु हस्पिटलको दोस्रो वार्षिकोत्सवको अवसरमा आज आयोजित रक्तदान कार्यक्रममा ७ जना महिलासहित ६४ जनाले रक्तदान गरेका छन् । कोरोना माहामारीमा रगतको अभावलाई मध्यनजर गदैं रक्तदान कार्यक्रम आयोजना गरिएको अस्पतालकी सञ्चालक समेत रहेकी चिकित्सक डा. लक्ष्मी थापा गुप्ताले बताउनुभयो ।

रक्तदान गर्नुहुनेहरुमा निशा गुप्ता, अनिता यादव, श्रेया गुप्ता, अप्सरा गुप्ता, जोबिना महर्जन, नितवानी खातुन, मनिषा पन्त, नेपाली सेनाका कर्णेल मदनजङ्ग राणा, ट्राफिक प्रहरी निरीक्षक कमल राज पन्डित, लगायतका रहनुभएको छ ।

अस्पतालका अध्यक्ष डा. मनोज गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, चण्डी प्रसाद गण वीरगञ्जका प्रमुख सेनानी मदनजंग राणा, शिक्षाविद डा. दिपक शाक्य, अस्पतालका चिकित्सक डा. अभिषेक अर्याल, लगायतको उपस्थिति रहेको थियो ।

रक्तदान कार्यक्रममा ब्लड डोनर्स एसोसिएसन, बीरगन्जका अध्यक्ष सौरभराज पाण्डेको नेतृत्वको टोलीले प्राविधिक सहयोग गरेको थियो ।

यसैगरी, हिन्दुहरुको महान पर्व बडादशैंको अवसर पारेर दुर्गा पुजा सेवा समिति रानीघाटले आज १४ औं पटक खुल्ला रक्तदान कार्यक्रम सम्पन गरेको छ ।

दुर्गा पूजा सेवा समितिका अध्यक्ष सतिशसिंह राजपुतको अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रममा ३ महिला सहित ६३ जनाले रक्तदान गरेका छन ।

कार्यक्रममा रविता चौधरी, उमा मानन्धर, सुषमा सिंह, निरज गुप्ता, भरत कुमार शर्मा, मनिष तिवारी, मुन्ना कुमार, साजनसिंह लगायतले रक्तदान गर्नुभएको थियो ।

दुर्गा पूजा सेवा समिति रानीघाटका सल्लाहकार प्रदिप प्रसाद कुशवाहाले उद्घाटन गर्नु भएको कार्यक्रममा गोपाल रौनियार, रबि रौनियार, ताहिर हवारी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button