बैतडीको पाटन नगरपालिका एक साताका लागि सिल
बैतडी । बतडीको पाटन नगरपालिकामा कार्यरत २ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि एक साताका लागि नगरपालिकाद्धारा प्रदान गरिने सेवा सुविधा वन्द गरिएको छ ।
नगर कार्यपालिका बैठकमा सहभागी कर्मचारीमध्ये २ जना कोरोना पोजेटिभ देखिएपछि थप संक्रमण हुन नदिन एक साताका लागि सेवा ग्राहिको काम काज बन्द गरिएको बताइएको छ ।
जोरबिजोर प्रणाली अनुसार दश वटै वडाका विद्यालयहरु सञ्चालन गरिएपनि अर्को निर्णय नहुन्जेल सम्मको लागि नगरपालिका भित्रका ६० वटै विद्यालयको पठन पाठन समेत बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायणदत्त पन्तले बताउनु भयो ।
थप संक्रमण हुन नदिन नगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीको स्वाब संकलन गरी जिल्ला अस्पताल बैतडीमा पठाईएको स्वास्थ्य शाखा प्रमुख मदन महराले बताउनु भयो ।
चाडवाड र मेला जात्राको पर्व समेत नजिकिएकाले सर्वपक्षीय बैठक गरी बन्दाबन्दीको थप निर्णय लिइने बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्