उपत्यकामा थप दुई हजार छ सय ७२ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं । उपत्यकामा आज थप दुई हजार छ सय ७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार उपत्यकामा थप दुई हजार छ सय ७२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।
सङ्क्रमित हुनेहरुमा काठमाडौँमा, दुई हजार एक सय जना, ललितपुरमा तीन सय ६९ जना, र भक्तपुरमा दुई सय तीन जना गरी आज उपत्यकामा थप दुई हजार छ सय ७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।
त्यसैगरी आज देशभर एक हजार आठ सय २३ जना महिला र तीन हजार एक सय ८५ जना पुरुष गरी पाँच हजार आठ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या एक लाख पाँच हजार छ सय ८४ पुगेको छ ।
त्यस्तै आज देशभर आज एक हजार दुई सय २९ जना कोरोना भाइरसको सङ्क्रमणबाट निको भई डिस्चार्ज भएका छन् । योसँगै कोरोना भाइरस सङक्रमणबाट निको भई डिस्चार्ज हुनेको कुुल सङ्ख्या ७४ हजार दुई सय ५२ जना रहेको मन्त्रालयका प्रवक्ता प्रा.डा.गौतमले जानकारी दिनुभयो ।












प्रतिक्रिया राख्नुहोस्