वीरगञ्जमा थप ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि

वीरगञ्ज । बीरगन्जस्थित नारायणी अस्पतालमा गरिएको पछिल्लो पिसिआर परिक्षणको क्रममा पर्सामा नेपाली सेनाका १४ जना सैनिक जवानसहित ३१ र बारामा तीन जना गरी ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
पर्सा जिल्लाको विभिन्न स्थानबाट कन्ट्याक्ट ट्रेसिङ् र मास टेस्टिङमार्फत जम्मा गरेर ल्याइएको दुई सय ६६ जनाको स्वाबको नमुनालाई परिक्षण गर्दा बीरगञ्जको घण्टाघरस्थित नेपाली सेनाको बरख गणमा कार्यरत १४ जना सैनिक जवानसहित थप ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश कुमार चौरसियाले जानकारी दिनुभयो ।
त्यसैगरी, बीरगन्जस्थित आदर्शनगर रङ्गशालामा बीरगन्ज महानगरपालिकाले गरेको मास टेस्टिङबाट जम्मा भएर आएको स्वाबलाई परिक्षण गर्दा १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
त्यस्तै, बीरगन्ज महानगरपालिका वडा नम्बर ३, ११ र २२ मा कन्ट्याक्ट ट्रेसिङमा परेका एक ÷एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रवक्ता डा.चौरसियाले बताउनुभयो ।
त्यसैगरी पर्साको बहुदरमाई नगरपालिकामा पनि तीन जना, पकाहामैनपुर गाउँपालिकामा एक जनामा पनि सङ्क्रमण देखिएको प्रवक्ता डा. चौरसियाले जानकारी दिनुभयो ।
त्यस्तै बारामा २२ जनाको परिक्षण गर्दा जम्मा तीन जनामा ककोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ मा एक, निजगढ नगरपालिका वडा नम्बर ९ मा एक र कलैया उपमहानगरपालिका वडा नम्बर २ मा एक जनामा सङ्क्रमण देखिएको प्रवक्ता डा. चौरसियाले बताउनुभयो ।
थपिएका सङ्क्रमितहरुमा ११ वर्षीय बालकदेखि ५५ वर्षीय वृद्ध समेत रहेका छन् । उनीहरुको सिटि भ्यालु १८ देखि ३४ सम्म रहेको प्रवक्ता डा. चौरसियाले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्