तीन जना चिकित्सकमा कोरोना पुष्टि भएपछि मेची अस्पतालको ओपीडी सेवा बन्द
भद्रपुर, झापा । मेची प्रादेशिक अस्पताल भद्रपुरका तीन जना चिकित्सकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पतालको बहिरङ्ग (ओपीडी) सेवा बन्द गरिएको छ ।
शुक्रबार आएको पीसीआर नतिजामा अस्पतालका एक जना फिजिसिएन, एक जना रेडियोलोजिस्ट र एक जना मेडिकल अफिसरमा पोजेटिभ देखिएको थियो ।
केही दिनअघि अस्पताल विकास समितिका अध्यक्ष सोमनाथ पोर्तेलमा कोरोना पुष्टि भएसँगै मेडिकल सुपरिटेन्डेन्ट डा.पीताम्बर ठाकुर र केही चिकित्सक तथा कर्मचारी होम क्वारिन्टिन र होटेल क्वारन्टिनमा बस्नुभएको थियो ।
जनशक्ति कम भएपछि हाल अस्पतालको इमर्जेन्सी सेवा मात्र सञ्चालनमा रहेको मेडिकल अफिसर डा.लोचनबाबु सञ्जेलले बताउनुभयो ।
शुक्रबारकै नतिजामा झापाका दुई जना प्रतिष्ठित उद्योगीमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्