तपाईँ सुन्दै हुनुहुन्छः

हेटौंडामा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

मकवानपुर । हेटौंडामा शुक्रबार साँझ ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

हेटौंडा–१८ भोर्लेमा शुक्रबार साँझ ट्याक्टले ठक्कर दिँद पैदलयात्री हेटौंडा–१७ की शर्मिला विश्वकर्माको मृत्यु भएको हो ।

हटियाबाट धरान चतरा सडकखण्डतर्फ जाँदै गरेको अल्फाबेट नखुलेको २९२६ नम्बरको ट्याक्टरले ठक्कर दिँदा विश्वकर्माको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ट्याकटर चालक फरार रहेका र खोजी कार्य भइरहेको तथा ट्याक्टर भने प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button