तपाईँ सुन्दै हुनुहुन्छः

सानिमा जनरल इन्स्योरेन्सको आइपीओः तीन दिनमा ६ गुणा बढी आवेदन

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले असोज २१ गतेदेखि सर्वसाधारणमा बिक्रीमा ल्याएको आईपीओमा तीन दिनमा झण्डै ६ गुणा बढी आवेदन परेको छ ।

बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलका अनुसार शुक्रबार साँझसम्ममा कम्पनीको आइपीओमा ७ लाख ४४ हजार ४९१ वटा आवेदनबाट १ अर्ब ६२ करोड ३६ लाख ५५ हजार रुपैयाँ बराबरको १ करोड ६२ लाख ३६ हजार ५५० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ । यो मागभन्दा ५.९४ गुणा धेरै हो ।

कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले निष्काशन गर्न लागेको कुल शेयरमध्ये १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको छ ।

सर्वसाधारणले बाँकी २७ लाख ३० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button