तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना प्रभावः विदेशी मदिरा आयातमा ठूलो गिरावट

file photo

वीरगञ्ज । कोरोना माहामारीका कारण होटल तथा पर्यटन व्यवसाय ठप्प हुँदा वीरगञ्ज नाका हुदै भित्रिने विदेशी मदिराको आयातमा ठूलो गिरावट आएको छ ।

विशेष गरी वीरगञ्ज स्थित सुख्खा बन्दरगाह हुदै विदेशी मदिरा नेपाल भित्रिने गर्दछ । सिर्सिया सुख्खा बन्दरगाह भन्सार नाकाबाट चालु आर्थिक वर्ष २०७७–७८ को साउन देखि असोज २३ सम्म जम्मा ७५ लाख ८५ हजार रुपैयाँ बराबरको मदिरा आयात भएको बन्दरगाहस्थित भन्सार कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा सिर्सिया भन्सार नाकाबाट ३० करोड ६८ लाख ६२ हजार रुपैयाँ बराबरको मदिरा आयात भएको सुक्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकृत जगदीश पूर्वेले बताउनुभयो ।

मदिराको आयात घटदा राजश्व संकलनमा समेत भारी गिरावट आएको छ । मदिरा आयातबाट हालसम्म एक करोड २३ लाख १९ हजार रुपैयाँ राजश्व संकलन भएको छ । गत वर्षको सोही अवधिको ५२ करोड ९० लाख २९ हजार रुपैयाँ राजश्व संकलन भएको कार्यालयको तथ्याङ्क छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button