तनहुँमा डाक्टर, प्रहरी र बैंकका कर्मचारीसहित २७ जनामा कोरोना संक्रमण पुष्टि

तनहुँ । तनहुँमा शुक्रबार २७ जना कोरोना संक्रमित थपिएका छन । जिल्लाको व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, बन्दिपुर गाउँपालिकामा कोरोना संक्रमित थपिएका हुन् ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा व्यास नगरपालिका–२, ३ र ४ का चार पुरुष र एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
व्यास–२ का ४२ र ५९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । यस्तै व्यास–३ का ३४ वर्षीय पुरुष र २४ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै व्यास–४ का ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । व्यास–२ का एक जना संक्रमित औषधि व्यवसायी हुन ।
त्यस्तै अर्का एक संक्रमित लक्ष्मी बैंकका कर्मचारी रहेको व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताउनुभयो ।
२ जना भने जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्रकी संक्रमित कर्मचारीको परिवारको सदस्य हुन ।
त्यस्तै अर्का एक जना भने भारतबाट आएका व्यक्तिका परिवारका सदस्य हुन । संक्रमित सबै व्यास नगरपालिका भित्रका स्थानीय व्यक्ति हुन ।
जिल्लाको बन्दिपुर गाउँपालिका र शुक्लागण्डकी नगरपालिकामा शुक्रबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
जिल्लाको बन्दिपुर गाउँपालिकाका ५ जना र शुक्लागण्डकी नगरपालिकाका ६ जनामा कोरोना पुष्टि भएको हो । बन्दिपुर–१ का ४२ र १८ वर्षीय पुरुष र २२ वर्षीया महिला, ३ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै बन्दिपुर–२ की २३ वर्षीया महिलामा समेत कोरोना पुष्टि भएको छ ।
यसैगरी शुक्लागण्डकी–४ का ३२ वर्षीय पुरुष, शुक्लागण्डकी–५ का ३२ र ३९ वर्षीय पुरुष र त्यस्तै ३२ वर्षीया महिलामा कोरोना पुष्टि भएको भएको निर्देशनालयले जनाएको छ । यस्तै शुक्लागण्डकी–६ का ४१ वर्षीय पुरुष र शुक्लागण्डकी–८ का २३ वर्षीय पुरुषमा समेत कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
व्यास–१ का ३७, व्यास–२ का ५३ र १२ र व्यास–४ का २७ र व्यास–५ का २८ वर्षका पुरुषमा संक्रमण देखिएको छ ।
यसैगरी व्यास–१० का ८ वर्षका बालक र ३४ वर्षका पुरुष र सोही वडाका २८ र ४० वर्षीया महिला कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
यसैगरी ३८ वर्षका पुरुष प्रहरीमा पनि संक्रमण भेटिएको निर्देशनालयले जनाएको छ ।
संक्रमितमध्ये एक जना व्यास हस्पिटलका डाक्टर हुनुहुन्छ । त्यस्तै अर्का एक जना वकिल हुन भने अर्का एक स्थानीय हुनुहुन्छ । ७ जना संक्रमित विदेशबाट आउनुभएको हो ।
योसँगै तनहुँमा संक्रमित बिहीबार २७ जना संक्रमित पुगेका छन् ।








प्रतिक्रिया राख्नुहोस्