तपाईँ सुन्दै हुनुहुन्छः

बालिका करणीको आरोपमा दुई जना पक्राउ

सुनसरी । सुनसरीको इलाका प्रहरी कार्यालय धरानले बालिका करणीको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
धरान ४ सुमनटारका ३१ वर्षीय शेर बहादुर श्रेष्ठ र धरान १६ का ४२ वर्षीय विकास मण्डललाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिएका छन् ।
धरान ४ सुमनटारका शेर बहादुर श्रेष्ठले नाता पर्ने १७ वर्षीया बालिकालाई करणी गरेको भन्दै असोज २१ गते परेको जाहेरी अनुसार बुधवार उनलाई पक्राउ गरिएको हो ।
यसै गरी धरान १६ का ४२ वर्षीय मण्डलले भने सोही वडाकी १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको भन्दै असोज २० गते परेको जाहेरी अनुसार बलात्कारको अभियोगमा मङ्गलवार पक्राउ गरिएको हो ।
मण्डलमाथि जबरजस्ती करणी मुद्दामा अदालतबाट ५ दिनको र श्रेष्ठमाथि जबरजस्ती करणी मुद्दामा सुनसरी जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी ज्ञानेन्द्र बस्नेतले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button