सप्तरीमा थप एक कोरोना संक्रमितको मृत्यु
सप्तरी । सप्तरीमा थप आज एक ६७ वर्षीय वृद्धको कोरोना संक्रमितको कारण मृत्यु भएको छ ।
डाकनेश्वरी नगरपालिका–४ घर भई हाल राजविराज नगरपालिका–६ मा बस्दै आएका वृद्धको उपचारकोलागि धरानतर्फ पठाउने क्रममा मृत्यु भएको राजविराज नगरपालिकाका मेयर शम्भुप्रसाद यादवले जानकारी दिनु भयो ।
४–५ दिनअघि ज्वरो आएपछि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना भए पनि उपचार सम्भब नभएकोले थप उपचारको लागि धरान पठाउने क्रममा मृत्यृु भएको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनीयालाल यादवले जानकारी दिनु भयो ।
यो सँगै सप्तरीमा कोरोना स्रक्रमण बाट मृत्यु हुनेको संख्या १९ जना पुगेको स्वास्थ्य कार्यालय सप्तरीको तथ्यांक छ ।








प्रतिक्रिया राख्नुहोस्