तपाईँ सुन्दै हुनुहुन्छः

कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि एन्फा तीन दिनको लागि बन्द


काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । प्राप्त रिपोर्ट अनुसार एन्फाको स्टोरमा कार्यरत एक कर्मचारीमा कोरोना देखिएको हो । कोरोना पुष्टि भएसंगै सम्बन्धित व्यक्तिलाई एकान्तवासमा पठाइएको एन्फाले जनाएको छ ।

कर्मचारीमा संक्रमण देखिएपछि एन्फा हेडक्वार्टर तीन दिन बन्द रहने भएको छ । एन्फा महासचिव इन्द्रमान तुलाधरले कर्मचारी संक्रमित भएको पुष्टि भएकाले केन्द्रिय कार्यालय तीन दिन बन्द राख्ने निर्णय भएको जानकारी दिनुभयो ।

स्टोरका कर्मचारीको सबैसंग सम्पर्क हुने भएकाले समेत केन्द्रिय कार्यालय बन्द राखिने एन्फाले जनाएको छ । यसअघि एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाका स्वकिय सचिव अनन्त घिमिरे कोरोनाबाट संक्रमित भएका थिए । अध्यक्ष शेर्पा र स्वकिय सचिव घिमिरेको अवस्था सामान्य रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button