तपाईँ सुन्दै हुनुहुन्छः

जिल्ला सुरक्षा समिति पर्साद्वारा चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक

वीरगंज । नेपालीहरुको महानपर्व बडादशैं, तिहार र छठमा कोभिड १९ को संक्रमणलाई मध्यनजर गर्दै भिडभाड नियन्त्रणका लागि जिल्ला सुरक्षा समिति पर्साको आज सम्पन्न वैठकले शक्ति पिठहरुमा नित्य पुजा अर्जचना गर्ने र बली निषेध गर्ने निर्णय गरेको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्गको अध्यक्षतामा आज साँझ सम्पन्न वैठकले धार्मिक आस्थामा आच नआउने गरी शक्ति पिठहरुमा नित्य पुजा अर्चना मात्रै गर्ने, वीरगंजको गहवामाई, विन्दवासिनी, विर्तामाई, नगवा लगायतका शक्ति पिठ तथा मन्दिरहरुमा बली निषेध गर्ने निर्णय गरेको छ ।

त्यसैगरी वैठकले सार्वजनिक स्थल, खुला चौर, चोक बाटोमा दुर्गा पुजाको झाकी, पण्डाल निर्माण गर्न नपाउने, पुजा आराधना घर घरमा गर्ने र सार्वजनिक स्थान र मन्दिरमा भिडभाड नगर्ने, भिडभाड हुने कुनै पनि मेला, महोत्सव लगाउन नपाउने, वीरगंज बजारको मुख्य क्षेत्रमा फुलपातिको दिन देखि नवमी को दिन सम्म सवारी साधन संचालनमा आवश्यकता अनुसार रोक लगाईने निर्णय गरेको छ ।

वैठकले फुलपाती भित्रयाउने कार्यक्रम सांकेतिक रुपमा मात्रै गर्ने, चाडपर्व लक्षित ट्राफिक व्यवस्थापन जिल्ला प्रहरी र ट्राफिक प्रहरीले गर्ने, गहवामाई, विन्दवासिनी, विर्तामाई र नगवा मन्दिरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा व्यवस्था मिलाउने र त्यहा कुनै प्रकारका फुटपात बजार संचालन गर्न नपाईने निर्णय गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button