नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशत मात्र हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौं । विश्व बैंकले सन २०२१ मा नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशत मात्र हुने प्रक्षेपण गरेको छ ।
कोरोनाका कारण नेपालको अर्थतन्त्र बिग्रिदो अवस्थामा रहेकाले सन २०२० मा ०.२ प्रतिशत र सन् २०२१ मा ०.६ प्रतिशत मात्रै वृद्धिदर हासिल हुने विश्व बैंकले अनुमान गरेको हो ।
कोभिड लकडाउनले आर्थिक गतिविधिमा, विशेषगरी पर्यटन क्षेत्रमा, पुर्याएको अवरोधका कारण सन् २०२० मा ०.२ प्रतिशतमात्र रहेको नेपालको आर्थिक वृद्धि सन् २०२१ मा बढेर ०.६ प्रतिशत पुग्ने अनुमान छ ।
विश्व बैंकले दक्षिण एसियाली अर्थतन्त्रबारे एउटा प्रतिवेदन सार्वजनिक गर्दै यस वर्ष दक्षिण एसियाली अर्थतन्त्र हालसम्मकै खराब अवस्थामा जाने प्रक्षेपण गरेको छ ।
पछिल्ला पाँच वर्षहरूमा लगातार वार्षिक ६ प्रतिशतको हाराहारीमा रहेको दक्षिण एशियाको आर्थिक संकुचन दर सन् २०२० मा ७.७ प्रतिशतले संकुचित हुने आँकलन सहित प्रतिवेदनले दक्षिण एशिया भरी अपेक्षा गरिएको भन्दा निकै तिब्र आर्थिक गिरावट हुने प्रक्षेपण गरेको छ ।
सन् २०२१ मा भने क्षेत्रिय वृद्धि ४.५ रहने बिश्व बैंकको अनुमान छ । जनसंख्या वृद्धिको अनुपात हेर्दा यस क्षेत्रको प्रति व्यक्ति आय सन् २०१९ मा अनुमान गरिए भन्दा ६ प्रतिशतले कम रहनेछ ।
विप्रेषणमा आएको गिरावटले पनि अति विपन्नहरूले तिब्र गतिमा आय श्रोत गुमाउने अपेक्षा केही देशहरूमा गरिएको छ ।
यस महामारीले अर्थतन्त्रमा पारेको प्रभाव र त्यसले नेपालभरिका मानिसको जीविकोपार्जनमा पारेको असरले अनौपचारिक कामदार वा सामाजिक सुरक्षा र सहायतामा नसमेटिएका मानिसहरूलाई सबैभन्दा गम्भिर असर पर्ने बिश्व बैंकबाट औंल्याएको छ ।








प्रतिक्रिया राख्नुहोस्