तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश २ मा एक्कै दिनमा २ सय ५० संक्रमित निको भएर घर फर्किए


जनकपुरधाम । प्रदेश नंं २ मा कोरोना संक्रमित मध्ये आज मात्र २ सय ५० जना निको भएर घर फर्किएका छन् ।

प्रदेशको विभिन्न संस्थागत आईसोलेसन तथा होम आईसोलेसनमा रहेकाहरु कोरोनामुक्त भएर घर फर्किएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता एवं निमित्त निर्देशक विजय कुमार झाले जानकारी दिनु भयो ।

संक्रमणमुक्त हुनेहरुमा १ सय ९७ जना पुरुष तथा ५३ जना महिला रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । आजको मितिसम्ममा संक्रमित भएका १४ हजार १४ जना मध्ये निको हुनेको संख्या ११ हजार ५ सय ३० पुगेको छ ।

अव प्रदेशमा सक्रिय संक्रमितको संख्या २ हजार ३ सय ४० रहेका छन् । जस मध्ये ८ सय ३७ जना संस्थागत आईसोलेशनमा तथा १ हजार ५ सय ३ जना होम आईसोलेशनमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button