तपाईँ सुन्दै हुनुहुन्छः

नहरले बगाउँदा एक बालिकाको मृत्यु

पर्वत । पर्वतको फलेवास नगरपालिकामा नहरले बगाउँदा एक बालिकाको मृत्यु भएको छ ।

बिहीवार बिहान विद्यालय हिँडेकी फलेवास नगरपालिका ६ देविस्थान स्थित चन्दनीकी मनमाया रानाकी ८ बर्षीया छोरी श्रीयाशी रानाको मृत्यु भएको हो । बाटोमा डिड्दै गर्दा नहरम खुट्टा धुने क्रममा चिप्लिएर नहरले बगाएको हो ।

विहान ११ बजेतिर विद्यालय हिडेकी बालिकाले स्थानीय साताकुरिया स्थित नहरमा खुट्टा धुँदा चिप्लिएर नहरमा खसेकी थिईन । बालिकालाई नहरले बगाउँदा सँगै रहेका भाईले स्थानीयलाई खवर गरेर थिए । बालिकालाई नहरले बगाएर १० मिटर तल पु¥याएको र स्थानीयले तत्काल उद्धार गरी स्थानीय धुलिखेल स्वास्थ्य केन्द्र खानीगाउँमा उपचारका लागि लैजाने क्रममा चिकित्सकले मृत्यु भएको पुष्टि गरेका थिए ।

बालिकाले स्थानीय फलेबास मोडल वोर्डिङ्ग स्कुलमा कक्षा २ मा अध्ययनरत थिईन । घटनाका बारेमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button