तपाईँ सुन्दै हुनुहुन्छः

बजार अनुगमनमा तिब्रता ५ लाखको सामान बरामद गरी नष्ट

बैतडी । चाडपर्वलाई मध्यनजर गरेर बजार अनुगमनमा तीव्रता दिइरहेको संयुक्त बजार अनुगमन समिति बैतडीले देहीमाण्डौं, खोड्पे, विफ्याकटाल लगायतका क्षेत्रमा अनुगमन गरेको छ । बजारमा हुन सक्ने कालोबजारी नियन्त्रणका लागि बजार अनुगमन कार्यलाई तीव्रता दिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख कृष्णदत्त लेखकले जानकारी दिनुभयो ।

अनुगमनका क्रममा बियर, मसला, तेल, नमकीन लगायतका म्याद गुज्रेका सामग्री बरामद गरी नष्ट गरिएको उहाँले बताउनुभयो । अनुगमनमा पाटन नगरपालिकाका उपप्रमुख सरस्वती कोली लगायतको सहभागिता रहेको थियो । जिल्लाका विभिन्न ठाउँमा गरिएको अनुगमनबाट अहिले सम्म ५ लाख बढीको म्याद गुज्रेको सामग्री बरामद गरी नष्ट गरिएको लेखकले जानकारी दिनुभयो । उपभोग्य वस्तुको उपभोग्य मितिका बारेमा अझै पनि उपभोक्ता सचेत नभएकाले मिति हेरेर मात्रै सामग्री खरीद गर्न अनुगमन समितिले आग्रह गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button