तपाईँ सुन्दै हुनुहुन्छः

मार्तडी कोल्टी सडक खण्ड सञ्चालनमा

बाजुरा । बर्षातका कारण तीन महिनादेखि अवरुद्ध रहेको मार्तडी–कोल्टि सडक खण्ड सञ्चालनमा आएको छ ।

पानी पर्न कम भए्सँगै सडक खुलाउन प्रयास भएपछि नियमित यातायातका साधन सञ्चालन भएको बडिमालिका नगरपालिका–७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताउनु भएको छ ।

असारको पहिलो साता अवरुद्ध भएको सडक पानी पर्न कम भएसँगै भत्केको ठाउँमा मर्मत गरेपछि सञ्चालनमा आएको हो ।

बुढिनन्दा नगरपालिकाले आफ्नो क्षेत्रमा योभन्दा पहिला नै सडक खुलाइसकेको थियो भने मार्तडीबाट परखे लेखसम्म भने अवरुद्ध नै रहेको थियो ।

सडक सञ्चालन भएपछि उत्तरी क्षेत्रका स्थानीय तह तथा हुम्ला र मुगुका बासिन्दालाई आवतजावत र दैनिक उपभोग्य सामग्री ढुवानीमा सहज भएको छ । दशै तिहारसँगै सडक सञ्चालनमा आएपछि स्थानीय खुशी भएका छन् ,

प्रतिक्रिया राख्नुहोस्

Back to top button