ब्राउन सुगरको कारोबार गर्दै गरेको अवस्थामा एक जना पक्राउ

सुनसरी । सुनसरीको इटहरी होटलबाट लागुऔषध ब्राउन सुगरको कारोबार गर्दै गरेको अवस्थामा इटहरीका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागुऔषध बिक्रि वितरण भइरहेको गोप्य सुचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय इटहरीको संयुक्त प्रहरी टोललिे इटहरी–४ स्थित स्याभाले होटलबाट लागुऔषध ब्राउन सुगरको कारोबार गर्दै गरेको अवस्थामा इटहरीका एक जनालाई पक्राउ गरेको हो ।
इटहरी ५ जनतावस्तीका वर्ष २३ का प्रविण राईलाई प्लाष्टिकमा पोका गरी राखेको अवस्थामा १५ ग्राम ४० मिलीग्राम र घरमा लुकाइराखेको २३ ग्राम ब्राउनसुगर एक लाख ५० हजार रुपैँया र एक थान मोबाइल पनि बरामद गरि पक्राउ गरेको छ ।
उनलाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिक प्रक्रिया अघि बढाइएको जनाएको छ ।
प्लाष्टिकको टुक्रा बनाई छुट्टाछुट्टै पोका पारेर राखेको १६ वटा र घरको तलासी गर्दा २७ पोका ब्राउन सुगर बरामत गरेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्