तपाईँ सुन्दै हुनुहुन्छः

त्रिविका उप-प्राध्यापक चलाउनेमाथि भएको आक्रमणमा संलग्न दोषीलाई कारवाहीको माग

काठमाडौं। नेपाल प्रगतिशील प्राध्यापक संघ र राष्ट्रिय प्राध्यापक संघले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि भएको आक्रमणमा संलग्न दोषीलाई कारवाहीको माग गरेका छन् ।

प्रशासनले आक्रमण गर्ने दोषीलाई तीन दिनसम्म पनि कारवाहीको दायरामा ल्याउन नसकेको भन्दै प्रगतिशील प्राध्यापक संघ र राष्ट्रिय प्राध्यापक संघले आज त्रिवि उपकुलपतिको कार्यालय अगाडी विरोध प्रर्दशन गर्दै त्रिवि प्रशासन र सरकारको ध्यानाकर्षण गराएको छ ।

नेपाल प्राध्यापक संघका महासचिव नरेन्द्र सिवाकोटीले त्रिविसम्बद्ध प्राध्यापक संगठनहरुले गरेको विरोध प्रदर्शनप्राति ऐक्याबद्धता जनाउँदै उपप्राध्यापक चलाउनेमाथि भएको आक्रमणको दोषीलाई कडा भन्दा कडा कारवाही हुनुपर्ने बताउनुभयो ।

उपप्राध्यापक चलाउनेमाथि मंगलबार विहान कार्यालय जाने क्रममा अज्ञात समूहले आक्रमण भएको थियो । आक्रमणबाट खुट्टा भाँचिएको र शरीरको विभिन्न ठाँउमा चोटपटक लागेपछि उहाँको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button