बुटवलमा थप एक जना कोरोना सङ्क्रमित ८० वर्षीय पुरुषको मृत्यु

रुपन्देही । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालद्वारा सञ्चालित कोरोना विशेष अस्पतालमा थप एक जना कोरोना सङ्क्रमित पुरुषको उपचारका क्रममा आज मृत्यु भएको छ ।
बुटवल उपमहानगरपालिका–६ का ८० वर्षीय पुरुष बुधबार अस्पतालको सघन कक्षमा भर्ना हुनुभएकोमा आज दिउँसो १ः२५ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा.सुदर्शन थापाले जानकारी दिनुभयो ।
बिरामी पुरुषमा दम मधुमेह, प्रेसर, स्वासप्रश्वासमा समस्या हुनुका साथै ज्वरो आएको डा. थापाले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्