तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश नं.२ मा सवारी दुर्घटना बढ्दै

बारा  । प्रदेश नं.२ मा हरेक बर्ष सवारी दुर्घटनामा बृद्धि हुँदै गएको छ ।

प्रदेश नं. २ को ट्राफिक प्रहरी कार्यालय, पथलैया बाराका अनुसार पछिल्लो तीन वर्षको तथ्याङ्कले सवारी दुर्घटनामा बृद्धि हुँदै गएको देखाएको हो ।

आर्थिक वर्ष ०७४/०७५ मा प्रदेश २ का आठ जिल्लामा भएको एक हजार एक सय पाँच वटा सवारी दुर्घटना हुदाँ तीन सय ९४ जनाको मृत्यु भएको छ भने, आर्थिक बर्ष ०७५/०७६ मा नौ सय १४ वटा सवारी दुर्घटना हुदाँ चार सय ९६ जनाले ज्यान गुमाएका छन् ।

यस्तै आर्थिक वर्ष ०७६÷०७७ मा एक हजार तीन सय ४० वटा सवारी दुर्घटनामा परी चार सय २० जनाको ज्यान गएको छ ।

यो संख्या आर्थिक वर्ष ०७५/०७६ को सवारी दुर्घटनामा भन्दा ४६.६० प्रतिशतले बढी हो, भने यो बर्ष दुर्घटनामा परी मृत्यु हुनेहरुको सङ्ख्यामा १५.३१ प्रतिशतले कमी आएको छ ।

कानुन कार्यान्वयन फितलो भएका कारण सर्वसाधारणमा लापर्वाही गर्ने प्रवृतिका कारण दुर्घटनाको संख्यामा बृद्धि भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रदेश नम्बर २ का प्रमुख ट्राफिक प्रहरी उपरीक्षक श्याम कुमार महतोले बताउनुभयो ।

यस चालु आर्थिक वर्षको असोजको दोस्रो हप्तासम्मको तथ्याङ्क अनुसार छ महिनामा छ सय ७९ वटा दुर्घटना हुदाँ ७१ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button