तपाईँ सुन्दै हुनुहुन्छः

नेकपाका दुई अध्यक्षबीच बालुवाटारमा बैठक जारी

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक जारी छ । सचिवालय बैठकको कार्यसूचीअनुसार गृहकार्य गर्न अध्यक्षद्वयबीच बैठक भइरहेको हो ।

गएको मंगलबार बसेको सचिवालय बैठकमा यसअघि असोज ६ गतेको बैठकले दिएको जिम्मेवारीअनुसार मन्त्रिपरिषद पुनर्गठन, संवैधानिक निकायमा पदपूर्ति तथा पार्टीको सांगठनिक एकतामा दुई अध्यक्षबीच गृहकार्य गर्न बाँकी रहेकाले त्यसै विषयमा केन्द्रित भएर छलफल भइरहेको छ । अन्तरपार्टी निर्देशनमा दुबैजना अध्यक्षले असोज मसान्तभित्र पार्टीको सांगठनिक एकताको काम सम्पन्न हुने प्रतिवद्धता जनाइसक्नु भएको छ ।

अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाकाअनुसार मध्यान्ह १२ बजेदेखि दुई अध्यक्षबीच बालुवाटारमा बैठक जारी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button