तपाईँ सुन्दै हुनुहुन्छः

होम आइसोलेसनमै संक्रमित वृद्धको मृत्यु

सुनसरी । कोरोना भाइरसको संक्रमण पुष्टि भए पनि होम आइसोलेसनमै राखिएका विराटनगरका १ वृद्ध पुरुषको बिहीबार बिहान मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका ५ का ८२ वर्षीय वृद्धको बिहान मृत्यु भएको महानगर प्रहरी निरीक्षक राजन पौडेलले बताउनुभयो  ।पौडेलका अनुसार ज्वरो आउने, श्वास फेर्न गाह्रो हुने कोरोनासँग मिल्ने लक्षण देखिएका वृद्धको असोज १७ गते स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाइएको थियो ।

१९ गते रिपोर्ट पोजेटिभ आए पनि होम आइसोलेसनमै राखिएका वृद्धको मृत्यु भएको पौडेलले शवको व्यवस्थापन नियम अनुसार हुने जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button