काेराेना संक्रमित जनप्रतिनिधिको मृत्युु

रूपन्देही । काेराेना संक्रमितका कारण रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडानम्बर ५ का वडासदस्य इन्जिनियर सुवाेध तुलाचनकाे मृत्युु भएकाे छ ।
उहाँकाे भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा भेन्टिलेटरमा उपचारका क्रममा मृत्युु भएकाे हाे । कोरोना पुष्टिपछि घरमै आइसाेलेसनमा बसेकाेे समयमा एक्कासी बेहोस भएपछि असोज १४ गते अस्पताल भर्ना गरिएको थियो ।उहाँलाई प्लाज्माथेरापीबाट उपचार गरिएपनि बचाउन नसकिएकाे अस्पतालका प्रशासन प्रमुख तेज केसीले बताउनुभयाे ।
केसीका अनुसार उहाँकाे निमोनिया, रगतमा खराबी, कलेजो पूर्णरुपमा खराब भएकाे थियाे । ४७ वर्षीय तुलाचन नेपाली कांग्रेसका तर्फबाट वडा सदस्यमा निर्वाचित हुनुभएकाेे थियाे ।








प्रतिक्रिया राख्नुहोस्