बाँकेमा थप २९ जना डिष्चार्ज

नेपालगन्ज। बाँकेमा आज थप २९ जना कोरोना संक्रमित निको भई डिष्चार्ज भएका छन् । यो संगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ७ सय ३२ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।
बाँकेमा विरामी निको हुने दर ७६.३६ प्रतिशत रहेको छ । अब आइसोलेसनमा ४ सय ७९ जना छन् । बाँकेमा हालसम्म २ हजार २ सय ३८ जनामा कोरोना पुष्टि हुँदा २२ जनाको भने मृत्युु भइसकेको छ ।








प्रतिक्रिया राख्नुहोस्