सुनको मूल्य ओरालो, हेर्नुहोस् आज कति पुग्यो ?

काठमाडौं । बिहिबार बजारमा सुनको मूल्य घटेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुन प्रतितोलामा २ सय रुपैयाँले घटेर ९३ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ । बुधबार पनि सुन तोलामा ८ सय रुपैयाँले घटेर ९४ हजार १ सय रुपैयाँ कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने बढेको छ । बिहिबार चाँदी प्रतितोलामा ५ रुपैयाँले बढेर एक हजार १ सय ८० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्