तपाईँ सुन्दै हुनुहुन्छः

भिरबाट लडेर एक व्यक्तिको मृत्यु

धनकुटा । सहिदभूमि गाउँपालिका धनकुटा स्थित भिरबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ ।

सहिदभूमि गाउँपालिका वाड नं ६ च्याख्लाबाट हिजो बेलुका करिब ६ बजेतिर आफ्नो घर जान्छु भन्दै सहिदभूमि गाउँपालिका वडा नं ७ हिँडेका उपकान्छा भनेर चिनिने वर्ष ४५ का रामकिसन राईको भिरबाट लडेर मृत्यु भएको सहिदभुमि गाउँपालिका अध्यक्ष मनोज राईले जानकारी दिनुभयो ।

सहिदभूमि गाउँपालिका वडा नं ६ मा रहेको हांङखा भिरबाट चिप्लेर ३ सय मिटर तल खसेको अवस्थामा आज राईको शव फेला परेको गाउँपालिका अध्यक्ष मनोज राईले बताउनु भयो ।

साँझ घर जान्छु भनेर निस्केको राई घर नआइपुगेपछि स्थानीयले खोजी गर्दा आज बिहान हाङ्खा भिरमा लडेर मृत्यु भएको अवस्थामा राईको शव भेटिएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button