कपिलवस्तुमा ट्याक्टर पल्टिदा चालकको मृत्यु

कपिलवस्तु । जिल्लाको शिवराज नगरपालिका वडा नं. ४ मा ट्याक्टर पल्टिदा चालकको मृत्यु भएको छ । बुधबार साँझ ६ बजे ट्याक्टर अनियन्त्रित भई पल्टिदा महाराजगञ्ज नगरपालिका वडा नं. २ पडरियाका २८ वर्षीय ट्याक्टर चालक सर्फुदिन मुसलमानको मृत्यु भएको हो ।
खरेन्द्रपुर महाराजगञ्ज सडक खण्डमा लु ३ त ४८८ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले जानकारी दिनुभयो ।
ट्याक्टर पल्टिदा च्यापेको अवस्थामा मुसलमानलाई स्थानियले देखे पछि उद्वार गरी शिवराज अस्पताल बहादुरगञ्जमा लगिएकोमा उपचारकै क्रममा मुसलमानको मृत्यु भएको प्रहरी निरीक्षक खरेलको भनाइ छ ।








प्रतिक्रिया राख्नुहोस्