तपाईँ सुन्दै हुनुहुन्छः

मनसुनजन्य घटनाः दशककै सबैभन्दा बढी मानवीय क्षति    

काठमाडौँ । नेपालमा मनसुनजन्य घटनाका कारण यसवर्ष दशककै सबैभन्दा बढी मानवीय क्षति भएको छ ।

बर्षासंगै आएको बाढी, पहिरो, डुबान र चट्याङले ठूलो मानवीय क्षति गराएको गृहमन्त्रालयले जनाएको छ ।

गृहमन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार नेपालका ४९ जिल्ला प्राकृतिक विपद्बाट प्रभावित बनेका छन् । यस बर्ष बाढी र पहिराका मात्रै ५ सय ८० घटना भएको र प्रारम्भिक विवरणअनुसार कूल ५ सय १४ घरमा क्षति पुगेको जनाइएको छ ।

यस वर्ष देशै भरी मनसुनजन्य विपद्बाट मुलुकका ४९ जिल्लामा ४ सय २ ले ज्यान गुमाएका छन् भने १ सय १ जना बेपत्ता भएको र ४ सय ४६ जना घाइते भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिनुुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button