राष्ट्रिय परिचय पत्र विवरण सङ्कलनको काम धमाधम
बैतडी । बैतडीमा राष्ट्रिय परिचय पत्र विवरण सङ्कलनको काम धमाधम भइरहेको छ । राष्ट्रिय परिचय पत्रका लागि हालसम्म ४४ जनाको जनाको विवरण सङ्कलन गरिएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र सिंह नेगीले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयमा जारी विवरण सङ्कलन कार्य असोज २ गतेदेखि सुरु भएको थियो ।
दशरथचन्द नगरपालिकाका उपप्रमुख मिना चन्दले फोटो खिचेर आफ्नो विवरण दिएर उक्त कार्यको शुभारम्भ गर्नुभएको थियो । परिचयपत्रका लागि विवरण भर्न सम्बन्धित व्यक्ति स्वयं तथा सक्कलै नागरिकता र बुवा आमाको पनि सक्कलै नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्र पनि सक्कलै लिएर आउनुपर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । राष्ट्रिय परिचयपत्रले व्यक्तिका सबै विवरण बुझाउने हुँदा सबैले पत्र बनाउनु पर्ने सहायक प्रमुख जिल्ला अधिकारी नेगीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्