तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना भाइरसको सङ्क्रमणका कारण थप १५ जनाको मृत्यु


काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणका कारण आज थप १५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या पाँच सय ७८ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पाँच जना महिला र १० जना पुरुषको मृत्यु भएको जानकारी दिनुभयो ।

कोरोना सङक्रमणबाट मृत्यु हुनेहरुमा काठमाडौँका २ महिला, दाङ, सिरहा र रौतहटमा १/१ जना महिलाको मृत्यु भएको छ भने काठमाडौंका ४ पुरुष, मोरङका २ पुरुष, ललितपुर, चितवन, रुपन्देही र नवलपरासीका १/१ जना पुरुषको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button