तपाईँ सुन्दै हुनुहुन्छः

अछामका २ ठाउँमा प्रहरी पोष्ट स्थापना

अछाम । अछामको मंगलसैन नगरपालिका र रामारोशन गाउँपालिकाका दुई ठाउँमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएका छन् ।

विगत लामो समयदेखि प्रहरी चौकी स्थापनाको माग हुँदै आएका दुई ठाउँमा प्रहरी पोष्ट स्थापनाका लागि स्वीकृति आएसंगै स्थापना गरिएको जिल्ला सुरक्षा समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताउनुभयो ।

मंगलसैन नगरपालिका वडा नम्बर ६ को ठुलासैन र रामारोशन गाउँपालिका वडा नम्बर ५ को चौकामा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको हो ।

एक कार्यक्रमका बीच अछामका प्रमुख जिल्ला अधिकारी उपाध्यायले अस्थायी प्रहरी पोष्टको उद्घाटन गर्नुभयो ।

वडा नम्बर ६ का अध्यक्ष जनकराज भण्डारीको अध्यक्षतामा भएको उदघाट्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उपाध्यायले प्रहरीलाई सफल बनाउनका लागि नागरिकको सहयोगको खाँचो रहेको बताउनु भयो ।

उहाँले हरेक सुचना नागरिकलाई जानकारी हुने भएकाले आपराधिक क्रियाकलाप देखि समाजका विसंगति विकृति सबै नियन्त्रणका लागि प्रहरीलाई साथ दिन आग्रह गर्नु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button