तपाईँ सुन्दै हुनुहुन्छः

आठ किलो अवैध लागुऔषध अफिम बरामद

बीरगंज । पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर १ तिनडोवियामा खोबारी प्रसाद कुर्मीको घरमा गएराति प्रहरीले छापामारी आठ किलो ग्राम अवैध लागुऔषध अफिम बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय पोखरीयाको नेतृत्वमा गएको टोलीले विशेष सुराकीको आधारमा तिनडोविया निवासी खोबारी प्रसादकुर्मीको घरमा छापामारी लुकाई राखेको अवस्थामा छापामारी आठ किलो ग्राम अफिम बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिनुभयो ।

बरामद गरिएको अफिमको अन्तर्राष्ट्रिय बजार मुल्य अनुसार प्रति केजी २० लाख भारतीय रुपैयाको दरले भारतमा कारोवार हुने गरेको तथा बरामद गरिएको अफिमको मुल्य एक करोड ६० लाख भारतीय रुपैैया अर्थात नेपाली मुल्य दुई करोड ५६ लाख भन्दा बढीको रहेको प्रहरीले जनाएको छ ।

बरामद गरिएको अफिम सहित पक्राउ परेका कुर्मीलाई थप कारवाहीका लागि ईलाका प्रहरी कार्यालय पोखरीयाको हिरासतमा राखिएको प्रहरी उपरीक्षक पन्तले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button