तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना सङ्क्रमणबाट झापामा दुई महिने शिशुको मृत्यु

भद्रपुर, झापा । कोरोना भाइरसको संक्रमणका कारण झापामा दुईमहिने नवजात शिशुको मृत्यु भएको छ ।

निमोनियासँगै श्वासप्रश्वासको समस्या देखिएपछि मंगलबार बिहान मेची प्रादेशिक अस्पतामा भर्ना गरिएका भद्रपुर ८ का शिशुको मृत्युपछि कोरोना पुष्टि भएको हो ।

शिशुमा कोरोनाको लक्षण देखा परेपछि दिउँसो १२ बजे स्वाब संकलन गरिएको थियो । स्वाब लिएको ६ घण्टाभित्रै शिशुको उपचारको क्रममा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । योसँगै झापामा कोरोना पुष्टि भई मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button