तपाईँ सुन्दै हुनुहुन्छः

मध्यपहाडी लोकमार्गको बागलुङ खहरे खण्डमा काम

बागलुङ- दुई वर्षअघि नै कालोपत्रे गर्ने भनिएपनि अलपत्र परेको मध्यपहाडी लोकमार्गको बागलुङ अक्षेते खण्डमा काम थालिएको छ । आयोजनाले अन्तिम पटक ठेकेदारलाई अवसर दिएकोले कालोपत्रे गर्नेगरी काम थालिएको हो ।

यो खण्डमा ठेकेदारले नाली बनाउने, सडकका खाल्डा पुर्नेलगायतको काम धमाधम गरेको छ । केही स्थानमा बस्तीमा जाने सिंढी पनि बनाइएको छ । बागलुङदेखि अक्षेते खण्डको काम गत वर्षको कात्तिक मसान्तमा सक्ने जिम्मा लिएको भारत सिद्धीशाही प्रकाश निर्माण कम्पनीले काम थालेको हो ।

अन्तिम अवस्थासम्म गर्छु भन्दै रोकेर समयसिमा कटाएकोले कालोसूचीमा राख्ने की काम सम्पन्न गर्ने भन्ने स्पष्टीकरण लिने तयारी गरेपछि ठेकेदार पक्ष तातेको पोखरा बागलुङ रुकुम खण्डका आयोजना प्रमुख आशिष थापा मगरले बताउनुभयो ।
काम अलपत्र छाडेकोले वर्षौदेखि सदरमुकामदेखि अक्षेते सुल्डा“डा यात्रा गर्न कठिन थियो ।

पैदल यात्रीले पनि समस्या भोगेका थिए । थपिएको समयअवधिमा काम सकेर छाड्ने ठेकेदार कम्पनीका पुष्प शाहीले दाबी गर्नुभयो । खहरे, अक्षेते, सुलडा“डालगायतका स्थानमा पहरो काट्ने भन्दै गत वर्षको दशैअघि एक महिनासम्म सडक अवरुद्ध गरिएको थियो । तर सडक खुलाउन नसकेर छाडेपछि एक वर्ष फेरी लम्बिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button