तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा सचिवालय बैठकमा संवैधानिक नियुक्तिबारे छलफल

file photo

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सचिवालयको आज बसेको बैठकमा पार्टीकोे सांगठनिक एकिकरणको बाँकी काम पूरा गर्ने विभिन्न संवैधानिक र राजनीतिक नियुक्तिको विषयमा छलफल भएको छ ।

बैठकमा यी विषयहरुमा सामान्य छलफल भएको र अध्यक्षद्धयले थप छलफल गरी त्यसपछि बस्ने बैठकबाट निर्णय गरिने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

प्रवक्ता श्रेष्ठले डा. गोविन्द केसीका सम्बन्धमा छलफल भएको र डा. केसी ले उठाएका धेरैजसो मागहरु पहिला नै समाधान भइसकेकाले उहाँका बाँकी मागहरु कोरोना महामारीपछि सम्बोधन गर्न सकिने भएकाले त्यस्तो अवस्थामा अनसन स्थगन गर्न आग्रह गर्नुभयो ।

उहाँले मन्त्रीपरिषद बैठक र मन्त्रीमण्डलमा क–कसलाई लैजाने भन्ने विषयमा छलफल नभएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button