डा. गोविन्द के.सी.लाई अनसन तोड्न पुनः आग्रह

काठमाडौं । सरकारले आमरण अनसनरत डा. गोविन्द के.सी.लाई अनसन तोड्न पुनः आग्रह गरेको छ ।
शिक्षा सचिव गोपीनाथ मैनाली नेतृत्वको तीन सदस्यीय टोलीले आज त्रिभुवन विश्वद्यिालय, शिक्षण अस्पताल महाराजगञ्ज गई डा. क.सी. लाई आमरण अनसन तोड्न आग्रह गरेको हो ।
डा. के.सी. ले उठाउनुभएको चिकित्सा शिक्षा आयोेग, छात्रवृत्ति लगायतका अधिकांश माग सरकारले पूरा गरिसकेको र बाँकी माग पनि पूरा हुने क्रममा रहेको जानकारी दिदै डा. के.सी. लाई आमरण अनसन तोड्न आग्रह गरेको सचिव मैनालीले रेडियो नेपाललाई जानकारी दिनुभयो ।
डा. के.सी. ले उठाएका मागमध्ये पूर्वाधार निर्माण सम्बन्धमा विस्तृत आयोजना प्रतिवेदन(डिपिआर) तयार गर्ने र मेसिन उपकरण सम्बन्धमा पनि आवश्यक कार्य भइरहेको सचिव मैनालीले बताउनुभयो ।
भेटमा डा. के.सी. ले आफ्ना माग पूरा गर्नका लागि औपचारिक वार्ता टोली गठन गर्न सरकारलाई आग्रह गर्नुभएको सचिव मैनालीले जानकारी दिनुभयो ।
डा. के.सी. सँग आज भएको भेट वार्ताको बारेमा शिक्षा विज्ञान तथा पविधिमन्त्री गिरिराजमणी पोखरेल र सरकारका मुख्य सचिव शंकरदास वैरागीलाई जानकारी भएको पनि उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्