तपाईँ सुन्दै हुनुहुन्छः

क्यानको साधारण सभा जुमबाट हुने

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको साधारण सभा अब भर्चुअल रुपमा हुने भएको छ । पछिल्लो पटक क्यानका दुई जना शीर्ष पदाधिकारीमा कारोना पोजेटिभ देखिएपछि असोजको २८ गते गर्ने भनिएको साधारण सभा अब जुमबाट गरिने भएको हो ।

भैरहवामा गर्ने भनिएको सो साधारण सभा अब भौतिक रुपमा जमघट हुने सम्भावना कम भएको भन्दै जुमको प्रयोगबाट गरिने भएको छ ।

त्यो साधारण सभा अगाडी क्यानले खेलाडीको वर्गीकरण परिमार्जन गर्नका लागि कार्यसमितीको बैठक राख्ने भएको छ ।

चितवनमा असोज ६ गते बसेको बैठकले असोजको अन्तिमममा साधारण सभा गर्ने निर्णय गरेको थियो । क्यानका अध्यक्ष चन्दले खेलाडी परिमार्जनका लागि सबै कुरा भइसकेको र अब कार्यसमितीको बैठकले निर्णय गर्न बाँकी रहेको बताउनुभयो ।

साधारण सभाका लागि राष्ट्रिय खेलकुद परिषद, आइसीसी लगायतलाई पत्र पठाइसकेकोले भर्चुअल भएपनि साधारण सभा गरिने अध्यक्ष चन्दले जानकारी दिनुभयो ।

क्यानले खेलाडीको जीवन बीमाका लागि तीन जनाको समिती बनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button