तपाईँ सुन्दै हुनुहुन्छः

क्रिकेटर भण्डारीलाई आर्थिक सहयोग हस्तान्तरण

काठमाडौं । सडक दुर्घटनामा परेका राष्ट्रिय क्रिकेटर ललित भण्डारीलाई क्रिकेट खेलाडी संघ नेपालले आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

महेन्द्रनगरमा मोटरसाइकल दुर्घटनामा परेका ललितको उपचारका लागि सिप्यानले ६ लाख २८ हजार रुपैयाँ संकलित रकम हस्तान्तरण गरेको हो । सिप्यानका अध्यक्ष मनिषराज पाण्डेले ललितकी श्रीमतीलाई चेक हस्तान्तरण गरेका थिए ।

ललित दुर्घटनामा परपछि सिप्यानले उनको उपचारका लागि आर्थिक सहयोग गर्न अपिल गरेको थियो । जसमा विभिन्न खेलाडीले आफ्नो तर्फबाट ब्यक्तिगत सहयोग गरेका थिए । यसका साथै ललितको सहयोगका लागि विभिन्न संस्था र व्यक्तिले पनि सहयोग गरेका थिए ।

सडक दुर्घटनामा परेका ललितको शल्यक्रिया सफल भएपछि अहिले उनी निको हुने क्रममा रहेका छन । उनको दायाँ खुट्टा र हात भाँच्चिएको थियो ।

कञ्चनपुरमा दुर्घटना परेका ललितलाई थप उपचारका लागि हेलिकप्टरमा काठमाडौं ल्याएर ग्राण्डी अस्पतालमा शल्यक्रिया गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button