पूर्वमन्त्री गुप्तालाई पितृशोक
राजविराज- पूर्वमन्त्री जयप्रकाशप्रसाद गुप्तालाई पितृशोक परेको छ । उहाँका पिता श्यामसुन्दर रौनियारको आज ९० वर्षका उमेरमा निधन भएको हो । मधुमेहलगायत रोगले ग्रसित रौनियारको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
उहाँको सप्तरीको कञ्चनपुर नजिकैको कोशी नदी घाटमा सनातन हिन्दु परम्परानुसार दाहसंस्कार गरिने छोरा दीपक गुप्ताले जानकारी दिनुभयो ।






प्रतिक्रिया राख्नुहोस्