दुई जना कोरोना संक्रमितको नोबेलमा मृत्यु
सुनसरी – विराटनगरको नोबेल शिक्षण अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका २ जना कोरोना भाइरस संक्रमित पुरुषको मंगलबार बिहान मृत्यु भएको छ ।
अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले कानेपोखरी गाउँपालिका ६ का ५० वर्षीय पुरुषको बिहान ३ बजेतिर मृत्यु भएको बताउनुभयो । उहाँका अनुसार मृतकमा ब्लड क्यान्सरको पुरानो समस्या थियो ।
सोमबार दिउँसो उपचारका लागि नोबेल ल्याइएका उनलाई ज्वरोको समस्या पनि थपिएको दाहालले बताउनुभयो । स्वाब संकलन गरेर नोबेलकै प्रयोगशालामा पीसीआर परीक्षण गराउँदा साँझ ६ बजे रिपोर्ट पोजेटिभ आएपछि आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको दाहालले बताउनुभयो ।
पाँच वर्षदेखि ब्लड क्यान्सरको उपचार गराइरहेका पुरुषलाई कोरोना पुष्टि भएपछि आइसोलेसनको भेन्टिलेटरमा राखेर थप उपचार थालिए पनि बचाउन नसकिएको उहाँको भनाइ छ ।
त्यस्तै ६ दिनअघि कोरोना पुष्टि भएका रतुवामाई नगरपालिका ८ का ४५ वर्षीय पुरुषको पनि मंगलबार बिहान २ः३० बजेतिर मृत्युु भएको दाहालले जानकारी दिनुभयो । उपचारका लागि असोज १३ गते अस्पताल ल्याइएका पुरुषको पीसीआर परीक्षण गराउँदा भोलिपल्ट रिपोर्ट पोजेटिभ आएपछि आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको मधुमेहको पुरानै समस्या रहेका पुरुषमा पछिल्लो समय ज्वरो, निमोनिया र टाइफाइट पनि थपिएको उनको भनाइ छ ।
कोरोना पुष्टि भएपछि उनलाई आइसोलेसनमा आईसीयूमा राखेर उपचार थालिए पनि बचाउन नसकिएको जानकारी दाहालले दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्