विराटनगर विमानस्थलको स्तरोन्नति गर्न समझदारीपत्रमा हस्ताक्षर
विरानटगर । विराटनगर विमानस्थललाई क्षेत्रीय विमानस्थलका रूपमा स्तरोन्नति गर्न त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
पूर्व क्षेत्रको सबैभन्दा पुरानो विराटनगर विमानस्थललाई निकै अगाडिदेखि क्षेत्रीय वा अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा विकास गर्न राजनीतिक दल, उद्योगी, व्यापारी र पर्यटन व्यावसायीहरूले माग राख्दै आएका छन् ।
विराटनगर विमानस्थलको विकास र विस्तार गरी अन्तराष्ट्रिय क्षेत्रीय स्तरको विमानस्थलमा स्तरोन्नति गर्नका लागि प्रदेश सरकार, विराटनगर महानगरपालिका र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच भएको समझादारीपत्रमा सोमवार हस्ताक्षर भएको हो ।
हस्ताक्षरपछि विमानस्थलको मौजुदा धावन मार्गलाई तीन हजार मिटरको बनाउने, धावन मार्गका लागि चाहिले जग्गा अधिग्रहण गर्ने, टर्मिनल भवन निर्माण गर्ने, भौतिक संरचना तयार गर्ने जस्ता कार्य रहेको छ भने यसमा नेपाल सरकारले ५०, प्रदेश सरकारले ४० र विराटनगर महानगरपालिकाले १० प्रतिशत रकम व्यहोर्ने प्रावधान राखिएको छ ।
काइृक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विराटनगर विमानस्थलको स्तरोन्नतिले अन्तराष्ट्रिय विमानस्थल बनाउन मद्दत पुग्ने विचार व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार स्थापना भएदेखि नै विराटनगरलाई अन्तराष्ट्रिय स्तरको विमानस्थल बनाउन प्राथमिकतामा राखेको बताउनुभयो ।
उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले प्रदेशमा १४ वटा विमानस्थल रहे पनि पाँचवटा मात्र सञ्चालनमा रहेको जानकारी दिँदै विराटनगर विमानस्थलको भौतिक पूर्वाधार एवं धावन मार्ग विस्तार गर्न केही समय पहिले साढे चार बिघा जमीन अधिग्रहण भइसकेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्