तपाईँ सुन्दै हुनुहुन्छः

वेल्सका मिडफिल्डर रामसेले इंग्ल्यान्डविरुद्धको मैत्रीपूर्ण खेल गुमाउने

काठमाडौं । वेल्सका मिडफिल्डर आरोन रामसेले इंग्ल्यान्डविरुद्धको मैत्रीपूर्ण खेल गुमाउने भएका छन् ।

फुटबल एसोसियसन अफ वेल्सले सोमबार मिडफिल्डर रामसे इंग्ल्यान्डसँगको मैत्रीपूर्ण खेल गुमाउने जनाएको छ ।

इटालियन क्लब युभेन्ट्सका रामसेले कोरोनाको सम्भावित संक्रमणको कारण इंग्ल्यान्डसँगको खेल गुमाउने भएका हुन् । वेल्सले शुक्रबार वेम्बलीमा इंग्ल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।

युभेन्ट्सका प्लेइङ स्टाफ भन्दा बाहिरका दुई कर्मचारीलाई कोरोना देखिएपछि क्लबले खेलाडीलाई कोभिड बबल्समा राखेको छ । २९ वर्षीय रामसेले नेसन्स लिग अन्तर्गत रिपब्लिक अफ आयरल्याण्ड र बुल्गेरियासँगको खेल भने खेल्ने छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button