बाँकेमा थप ४८ जना कोरोना संक्रमित डिष्चार्ज

नेपालगन्ज। बाँकेमा आज थप ४८ जना कोरोना संक्रमित निको भई डिष्चार्ज भएका छन् । यो संगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ६ सय ५० पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।
बाँकेमा विरामी निको हुने दर ८०.४९ प्रतिशत रहेको छ । अब आइसोलेसनमा ३ सय ८० जना छन् । बाँकेमा हालसम्म २ हजार ५० जनामा कोरोना पुष्टि हुँदा २१ जनाको भने मृत्यु भइसकेको छ ।








प्रतिक्रिया राख्नुहोस्