सल्यानको एक जंगलमा बेवारिसे बच्चा फेला

सल्यान -सल्यानमा अन्दाजी एक वर्षको बच्चा जंगलमा फेला परेका छन् । जिल्लाको खलंगा श्रीनगर सडकखण्ड अन्र्तगत शारदा नगरपालिका २ माझी पौवाको छहरा नजिक जंगलमा सोमबार बिहान बच्चा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
मर्निङवाकमा गएका स्थानीयहरुले बेवारिसे अवस्थामा बच्चा रोइरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । बच्चा भेटिएको नजिकै बालकको कपडा र एउटा झोला पनि फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख गोविन्द थापाले बताउनुभयो । बालकलाई रातिनै जंगलमा छाडेको हुनसक्ने उनको भनाई छ ।
बालकलाई अहिले सल्यान जिल्ला अस्पतालमा राखिएको छ । बच्चाको अभिभावकको खोजी तथा अनुसन्धान सुरु गरिएको प्रहरी प्रमुख थापाले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्